२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वडब्लुएचओले लन्च गर्‍यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप

डब्लुएचओले लन्च गर्‍यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ।

डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् ।

संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ।

विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ