२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण

चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण

अन्य देशलाई सतर्कता अपाउन आग्रह


चीनमा फेरी कोभिड-१९ फर्किएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानबाट महामारीको शुरुवातमा फैलिएयता एकै दिनमा अहिलेसम्मकै उच्च संख्यामा संक्रमित भेटिएका छन् ।

चीनमा एकै दिन कुल ५२६ केस पुष्टि भएको छ।  जुन पछिल्लो दुई वर्षमा एकै दिनमा संक्रमणको सबैभन्दा धेरै संख्या हो। तीमध्ये २१४ बिरामीहरू लक्षण भएका र ३१२  बिरामीहरू लक्षणविहीन थिए।

चीनले यति धेरै केसहरू कोभिड शून्य नीतिको लागि ठूलो झटका भएको बताएको छ।

योसँगै चीनमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएपछि अन्य देश पनि सतर्क भएर नागरिकलाई कोभिड नियम पालना गर्न आग्रह गरेका छन् ।

ओमिक्रोन चीनको किंगदाओमा विद्यार्थीहरूमा फैलियो

मिडिया रिपोर्टका अनुसार चीनको छिङदाओ शहरमा ८८ नयाँ केसहरू पुष्टि भएका छन्। ओमिक्रोनको शिकार भएका सबै विद्यार्थी रहेको बताइएको छ । यो वर्ष चीनमा एकै दिनमा संक्रमण देखिएको यो सबैभन्दा धेरै भएको बताइएको छ ।

हालसम्म विश्वमा कोरोनाका कारण ६० लाख मानिसको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ४४.६६ करोड नाघेको छ । योसँगै मृत्यु हुनेको संख्या ६० लाख नजिक पुगेको छ ।

पछिल्लो एक महिनामा विश्वभर ५.२२ करोडभन्दा बढी संक्रमण पुष्टि भएका  छन् जसमध्ये  २.६१ लाख मानिसले ज्यान गुमाए।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ