२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्वमा पहिलोपटक एक बालकमा हृदय-थाइमस प्रत्यारोपण सफल

विश्वमा पहिलोपटक एक बालकमा हृदय-थाइमस प्रत्यारोपण सफल


अमेरिकी एक बालकको मुटु र थाइमसको सफल प्रत्यारोपण गरिएको छ। इस्टन नामक बालकमा मुटु र थाइमसको एकैपटक सफल प्रत्यारोपण गरेको यो विश्व मै पहिलोपटक हो। यो सफलता चिकित्सा जगतमा ठुलो उपलब्धि भएको अमेरिकी चिकित्सहरु बताउछन।

इस्टन सिन्नामनको जन्मिदै मुटु र प्रतिरक्षा प्रणाली कमजोर थियो जसकारण उनको पहिलो सात महिना अस्पतालमा बिताए। उसलाई धेरै मुटुको शल्यक्रियाको साथै बारम्बार संक्रमणको उपचारको आवश्यकता थियो। उसको शरीर आफैंले लड्न असमर्थ थियो।

यो प्रत्यारोपणले लाखौं बिरामीहरूलाई आशा प्रदान गरेको छ।

उनको स्वास्थ्यलाई निगरानीमा राखेका चिकित्सकको टोलीले प्रत्यारोपण भएको महिना पछि गरिएका परीक्षणहरूले स्वास्थ्यमा सुधार भैरहेको जनाएका छन्। ‘थाइमस तन्तुले काम गरिरहनुको अर्थात  उसको शरीरले ‘क्रिटिकल इम्युन सेल’ विकास गरिरहको छ, जसले उसलाई जीवनभर एन्टी–रिजेक्सन औषधी लिनुपर्ने आवश्यकतालाई कम गर्ने र   सम्भवतः त्यो आवश्यकतालाई समाप्त नै पार्ने देखिन्छ, ‘एक विज्ञले भने ।

उनले एकै दाताबाट थाइमस र मुटु पाएका हुन्। यस उपलब्धिले प्रत्यारोपणको दिशा नै परिवर्तन गर्नेमा विश्वस्त छन्, डा. टुरेक।

एजेन्सी 


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ