२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वयुक्रेन युद्धका कारण युरोपमा कोभिडको खतरा बढ्यो : विश्व स्वास्थ्य संगठन

युक्रेन युद्धका कारण युरोपमा कोभिडको खतरा बढ्यो : विश्व स्वास्थ्य संगठन


रुस–युक्रेन युद्ध भएको १९ दिन बितिसकेको छ । दुई देशबीचको युद्धका कारण युरोपका देशहरूमा कोभिड-१९को जोखिम पनि बढेको छ ।

हालसम्म २० लाखभन्दा बढी युक्रेनी शरणार्थी युरोपेली मुलुकमा पुगिसकेका छन् । तीमध्ये अधिकांशलाई कोभिड-१९ खोप लगाइएको थिएन।

विश्व स्वास्थ्य संगठनले आइतबार प्रकाशित गरेको प्रतिवेदनमा मार्च ३ देखि ९ सम्म युक्रेन र आसपासका देशहरूमा कुल ७,९१,०२१ कोभिडका नयाँ केस र ८,०१२ मृत्यु भएको उल्लेख गरिएको छ।

युक्रेन कोभिड-१९ बाट  धेरै प्रभावित देश हो। युक्रेनमा कोभिडबाट १ लाख ५ हजार भन्दा बढीको कारण ज्यान गुमाइसकेका छन् । कोभिड सङ्कट नकट्दै   युद्धका कारण युक्रेनको जनजीवन पीडादायी बनेको छ। यसको चौतर्फी असर देखिएको छ।

अर्कोतर्फ, अहिलेसम्म ‘सेफ हेभन’ बनेको युक्रेनको पश्चिमी भागमा अहिले लडाइँ चर्किएको छ ।

आइतबार रुसी सेनाले नेटो सदस्य पोल्याण्डको सीमानाबाट १२ माइल टाढा रहेको याभोरिभमा रहेको सैन्य तालिम केन्द्रमा क्रुज मिसाइल प्रहार गर्दा ३५ जनाको ज्यान गएको थियो भने १३४ जना घाइते भएका थिए । रुसले आक्रमणमा १८० विदेशी लडाकु मारेको दाबी गरेको छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ