२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वइंग्ल्यान्डका स्टार डेभिड बेकह्यामले युक्रेनी डाक्टरलाई दिए आफ्नो इन्स्टाग्राम अकाउन्ट

इंग्ल्यान्डका स्टार डेभिड बेकह्यामले युक्रेनी डाक्टरलाई दिए आफ्नो इन्स्टाग्राम अकाउन्ट


इंग्ल्यान्डका पूर्व फुटबल कप्तान डेभिड बेकह्यामले आफ्नो इन्स्टाग्राम अकाउन्ट युक्रेनका एक डाक्टरलाई हस्तान्तरण गरेका छन्। उनले आइतबार खार्किभ शहरकी प्रसूति चिकित्सक इरिनालाई आफ्नो इन्स्टाग्राम खाता हस्तान्तरण गरेका हुन्।

फुटबल आइकन डेभिड बेकह्यामले ७१.४ मिलियन फलोअर भएको आफ्नो इन्स्टाग्राम युद्धग्रस्त देशमा आमाको पीडाबारे जागरुक गराउन आफ्नो खाता दिएको बताएका छन् ।

बेकह्यामको खाता पाउने डाक्टर खार्किभको क्षेत्रीय प्रसूति केन्द्रकी प्रमुख हुन्। युक्रेनको दोस्रो ठूलो सहर रुसी सेनाको भारी आक्रमणको सामना गरिरहेको छ। सहरका बासिन्दाहरू भूमिगत रेलवे स्टेशनहरूमा सुत्न थालेका छन् जुन अस्थायी बंकरहरूमा परिणत भएका छन्।

इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै बेकह्यामले भने, ‘आज म मेरो सामाजिक च्यानलहरू युक्रेनको खार्किभको क्षेत्रीय पेरिनेटल सेन्टरकी प्रमुख इरिनालाई हस्तान्तरण गर्दैछु, जहाँ उनले युद्धका बीचमा पनि आमाहरूलाई बच्चा जन्माउन मद्दत गरिरहेकी छिन्।

यसको बारेमा थप जान्नको लागि मेरो कथाहरू हेर्नुहोस्। अचम्मको काम इरिना र उनी जस्ता स्वास्थ्यकर्मीहरूले युक्रेनमा जीवन बचाउन गरिरहेका छन्। कृपया मेरो बायोमा रहेको दान लिङ्क प्रयोग गरेर @UNICEFIrina जस्ता मानिसहरूलाई सहयोग गर्न तपाईले के सक्नुहुन्छ दिनुहोस्।’

 

View this post on Instagram

 

A post shared by David Beckham (@davidbeckham)


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ