२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो

विश्वमा पहिलोपटक रगतमा माइक्रोप्लास्टिक भेटियो


विश्वमा पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक फेला परेको छ । वैज्ञानिकहरूले आफ्नो अनुसन्धानका क्रममा ८० प्रतिशत मानिसमा यी साना कणहरू भेटिएको पत्ता लगाएका छन् । यो खोजले माइक्रोप्लास्टिक मानव शरीरको एक ठाउँबाट अर्को ठाउँमा सर्ने र मानव अंगहरूमा जम्मा हुने देखाएको छ। तर, मानव स्वास्थ्यमा यसको असर के कति छ भने बारे अहिलेसम्म पत्ता लागेको छैन ।

यद्यपि, अनुसन्धानकर्ताहरू अझै पनि यस बारे धेरै चिन्तित छन्। किनभने माइक्रोप्लास्टिकले प्रयोगशालामा मानव कोषिकाहरुलाई क्षति पुर्‍याउँछ। त्यो पनि जब हामीलाई थाहा हुन्छ कि वायु प्रदूषणका कणहरू शरीर भित्र पसेका छन्। जसकारण विश्वभर हरेक वर्ष लाखौं मानिसको मृत्यु हुने गरेको छ । ठूलो संख्यामा प्लाष्टिक फोहोर फालिने गरिन्छ। र, माइक्रोप्लास्टिकले सिङ्गो पृथ्वीलाई प्रदूषित गरेको छ ।

माइक्रोप्लास्टिक विश्वको सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा गहिरो समुन्द्रमा पनि पुगेको छ । मानिसले खाना, पानी र श्वास मार्फत साना कणहरू लिइरहेका छन्। यी कणहरू बालबालिका र वयस्कहरूको अनुहारमा भेटिएका छन्। अनुसन्धानको क्रममा, वैज्ञानिकहरूले २२ अज्ञात रक्तदाताहरूबाट रगतको नमूना लिएका थिए जो सबै वयस्क थिए। तीमध्ये १७ वटा नमूनामा प्लास्टिक भेटिएको छ ।

यीमध्ये आधा नमूनामा पेय पदार्थको बोतलमा प्रयोग हुने पीईटी प्लास्टिक पाइयो। यसबाहेक खाद्यान्न प्याकेजिङ र अन्य उत्पादनमा प्रयोग हुने गरी अनुसन्धानका क्रममा एक तिहाइ व्यक्तिमा पोलिस्टिरिन फेला परेको थियो । रगतको एक चौथाइ नमूनामा पोलिथीन भेटिएको छ जसबाट प्लास्टिकको झोला बनाइन्छ । यस अनुसन्धानको बारेमा प्रोफेसर डिक वेथकले भने, ‘हाम्रो अनुसन्धानले हाम्रो रगत भित्र पोलिमेरिक कणहरू रहेको पहिलो संकेत हो। यो महत्त्वपूर्ण खोज हो। वैज्ञानिकहरू अब यो अनुसन्धानलाई अझ बढाउने सोचमा छन्।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ