२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविश्वश्रीलंकाको पेरादेनिया अस्पतालमा औषधी अभावले रोकिएको शल्यक्रिया पुन: सुचारु

श्रीलंकाको पेरादेनिया अस्पतालमा औषधी अभावले रोकिएको शल्यक्रिया पुन: सुचारु


श्रीलंकाको पेरादेनिया शिक्षण अस्पतालले औषधी अभावका कारण रोकेको शल्यक्रिया सुचारु गरेको छ । चिकित्सा आपूर्ति महाशाखाले आवश्यक औषधी उपलब्ध गराउने आश्वासन दिएपछि अस्पतालले शल्यक्रिया सुचारु गरेको हो ।

अस्पतालमा औषधी अभाव भएपछि शल्यक्रिया नै रोक्नुपरेको थियो। औषधि उत्पादन, आपूर्ति तथा नियमन राज्य मन्त्रालयका सचिव डा आर.एम. समन कुसुमसिरी रथनायकेले आपूर्तिकर्ताबाट औषधी ल्याउनमा ढिलाइ भएको र शल्यक्रियाका लागि आवश्यक एक औषधी हाल उपलब्ध नभएको जानकारी दिए ।

श्रीलंकामा दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले अस्पतालको अवस्थाले स्तब्ध बनाएको भन्दै ट्वीट गरेका छन्। उनले औषधी अभावमा भारतले कसरी सहयोग सकिन्छ भन्ने बारे कोलोम्बोस्थित भारतीय हाइ कमिस्नर गोपाल बाग्लेसँग कुराकानी गरेको बताएका छन् ।

 भारतीय विदेशमन्त्रीले उक्त कुरा राखेपछि  भारतको उच्च पदाधिकारीले पेराडेनिया विश्वविद्यालयसँग कुरा गरी नियमित र निर्धारित शल्यक्रियालाई निरन्तरता दिन औषधी खरिदका लागि आवश्यक पहल गरिएको सचिव  रथनायकेले जानकारी दिए।

हालै अस्पतालमा आकस्मिक शल्यक्रिया मात्र गरिने स्रोतले जनाएको छ । तर, पेरादेनिया अस्पताल मात्र हैन अन्य अस्पतालको नियन्त्रणमा औषधी भए पनि डोज निकै कम रहेको उनले बताए ।

आर्थिक संकटको सामाना गरिरहेको विदेशी मुद्रा खर्चिएर आपूर्ति गर्न सकेको छैन। अहिले यहाँको जनजीवन निकै प्रभावित बनेको छ।  श्रीलंकाको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । सो देशमा महंगाईको स्तर एसियाकै सबैभन्दा उच्च  र खाद्यान्न र पेय पदार्थ नागरिकको पहुँचभन्दा बाहिर बन्दै गएको छ ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ