२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वशून्य कोभिड नीतिमा चिनियाँ राष्ट्रपति जिनपिङको अडान, ४६ शहरमा लकडाउन

शून्य कोभिड नीतिमा चिनियाँ राष्ट्रपति जिनपिङको अडान, ४६ शहरमा लकडाउन


चीनका थप २० सहरमा लकडाउन लगाइएको छ । चीनमा अहिले लकडाउन भएका सहरको संख्या ४६ पुगेको छ । यससँगै लकडाउनमा रहेको जनसंख्या पनि २१ करोडबाट बढेर ३४ करोड पुगेको छ ।

करिब २ करोड ५० लाख जनसंख्या भएको सांघाई सहर पहिले नै लकडाउनमा छ भने अब २ करोड १५ लाखको राजधानी बेइजिङमा पनि लकडाउनको जोखिम बढ्दै गएको छ । अझै पनि सांघाईमा दैनिक ५ हजारभन्दा बढी मानिस पोजिटिभ आउने गरेका छन् । चीनमा शून्य कोभिड नीति असफल भए पनि राष्ट्रपति जिनपिङ आफ्नो शून्य कोभिड नीतिमा अडिग छन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै शून्य कोभिड नीतिले मात्रै कोभिड संक्रमण नियन्त्रण गर्न सकिने बताए । ‘चीनको यो नीतिमा कुनै पनि देशले औंला उठाउनु हुँदैन। शून्य कोभिड नीतिमा संक्रमण देखिएमा बिरामीलाई अनिवार्य रूपमा अस्पतालमा भर्ना गर्नुपर्छ, ‘सम्बोधनका क्रममा उनले भने।

चीनले आफ्नो शून्य कोभिड नीतिलाई कडाइका साथ लागू गर्न चाहन्छ। चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारी तथा राष्ट्रपति जिनपिङका नजिकका सहयोगी ली क्वाङले शुक्रबार कोरोनाविरुद्धको लडाइमा सबै तहमा सैन्य आदेश जारी गर्नुपर्ने आवश्यकता व्यक्त गरेका छन् जसले गर्दा प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सकिन्छ।

सांघाईमा जस्तै संक्रमण अनियन्त्रित हुन नदिन बेइजिङमा थप कडाई गरिएको छ । बेइजिङमा अझै लकडाउन लागू गरिएको छैन, तर दैनिक एक हजारभन्दा बढी केस आउने भएकाले २ वर्षदेखि ९० वर्षसम्मका सबैको परीक्षण गर्न निर्देशन दिइएको छ । बेइजिङका ६० वटा सबवे लकडाउन घोषणा नगरी बन्द गरिएका छन्। स्कूल, रेस्टुरेन्ट, बार र जिम बन्द गरिएको छ।

चीनको छिमेकी हङकङमा जनजीवन पुनः सुरु भएको छ। यसको मुख्य कारण हङकङको शून्य कोविड नीतिको पालना नगर्नु हो। हङकङमा मे ५ बाट सबै होटल-रेष्टुरेन्ट खोलिएका छन्। खोपको दुबै डोज पाएका मानिसहरूका लागि कुनै प्रतिबन्ध बिना हवाई यात्रा पनि खोलिएको थियो। हङकङमा दैनिक औसत ३०० केस आउने गरेका छन् । जहाँ २ महिनाअघि यहाँ दैनिक औसत १२ हजार केस आउने गरेको थियो ।

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ