२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन्

मनकारी क्रिस्टियानो रोनाल्डो : आफ्नो होटललाई अस्पतालमा परिणत गर्दैछन्


लिस्वन—विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण पोर्चुगलमा समेत देखिएपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गर्ने भएका छन् ।

उनले लिस्बनस्थित आफ्नो भव्य होटल ‘पेस्टाना सीआर—७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

३५ वर्षीया जुटेन्टसका खेलाडी रोनाल्डोले एक अन्तर्वार्तामा भनेका छन्, ‘मानव जीवनको संरक्षण अन्य कुनै पनि चासोभन्दा माथि हुनुपर्दछ ।’ उनले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरी संक्रमितको निःशुल्क उपचार गर्ने जनाएका छन् । यति मात्र नभै उपचार खर्च, बस्ने र खाने खर्चसमेत निःशुल्क दिइने जनाइएको छ ।

पछिल्लो तथ्यांकअनुसार पोर्चुगलमा १ सय ६९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

—एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ