गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १२:४२ मा प्रकाशित जनकपुर – सिरहामा दुईजना युवालाई कोरोना भाईरसको संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि श्वाब परीक्षणका लागि जनकपुर पठाइएको छ । काठमाडौँ बसेर एमबीबीएसको तयारी कक्षा गरिरहेका लहान नगरपालिका वडा नम्बर २२ का २२ बर्षिय युवकमा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाई लाग्ने ,ज्वरो आउने समस्या भएपछि उनको स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव सिंहले जानकारी दिएका हुन् । त्यसैगरी भारतको बम्बईबाट आएका र घरमै लुकी छिपी बसेका गोलबजार नगरपालिकाका अर्को एक जनालाई परीक्षणका लागि जनकपुर पठाइएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि शनिबार संम्पर्कमा आएका ती युवकलाई जनकपुर पठाइएको हो । भारतको बम्बईस्थित होटलमा काम गर्ने ती युवक १० दिन अघि आएको भएपनि घरमै लुकेर बसेका थिए । अहिले ज्वरो आउने , खोकी लाग्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखसँग सम्पर्कमा आएकोले स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । १७ वटा स्थानीय तहले क्वारेनटाईन बनाएको भए पनि नागरिकहरु गाँउमै लुकीछिपी बसिदिने गरेका कारण समस्या भएको गोलबजार नगरपालिकाका प्रमुख शाहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य