गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो सिरहाका दुई युवकलाई कोरोना परीक्षणका लागि जनकपुर पठाइयो हेल्थ आवाज आइतवार, २०७६ चैत्र २३ गते, १२:४२ मा प्रकाशित जनकपुर – सिरहामा दुईजना युवालाई कोरोना भाईरसको संक्रमणसँग मिल्दो-जुल्दो लक्षण देखिए पछि श्वाब परीक्षणका लागि जनकपुर पठाइएको छ । काठमाडौँ बसेर एमबीबीएसको तयारी कक्षा गरिरहेका लहान नगरपालिका वडा नम्बर २२ का २२ बर्षिय युवकमा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, थकाई लाग्ने ,ज्वरो आउने समस्या भएपछि उनको स्वास्थ्य परीक्षणका लागि जनकपुर पठाइएको जिल्ला स्वास्थ्य कार्यलय सिरहाका प्रमुख कृष्ण देव सिंहले जानकारी दिएका हुन् । त्यसैगरी भारतको बम्बईबाट आएका र घरमै लुकी छिपी बसेका गोलबजार नगरपालिकाका अर्को एक जनालाई परीक्षणका लागि जनकपुर पठाइएको छ । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले दिएको जानकारी अनुसार स्वास्थ्यमा समस्या आएपछि शनिबार संम्पर्कमा आएका ती युवकलाई जनकपुर पठाइएको हो । भारतको बम्बईस्थित होटलमा काम गर्ने ती युवक १० दिन अघि आएको भएपनि घरमै लुकेर बसेका थिए । अहिले ज्वरो आउने , खोकी लाग्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखसँग सम्पर्कमा आएकोले स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । १७ वटा स्थानीय तहले क्वारेनटाईन बनाएको भए पनि नागरिकहरु गाँउमै लुकीछिपी बसिदिने गरेका कारण समस्या भएको गोलबजार नगरपालिकाका प्रमुख शाहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ३ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डब्लूएचओको चेतावनीः आर्टिफिसियल स्वीटनरले हुन सक्छ क्यान्सरको खतरा दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित