गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए जनकपुरका संक्रमित पत्रकार १८ दिनपछि कोरोना जितेर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १५:४७ मा प्रकाशित जनकपुरधाम – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित जनकपुरका पत्रकार वीरेन्द्र रमण उपचारपछि कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्रकार रमण कोरोना संक्रमण भएको १८ दिनपछि बिहीबार साझ निको भएर डिस्चार्ज भएका हुन् । जनकपुरको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पत्रकार रमण पहिलो व्यक्ति हुन् । गत वैशाख ३० गते राति उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वैशाख ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । पत्रकार रमणको तेस्रो कोरोना रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको चिकित्सक रविरञ्जन प्रसादले जानकारी दिए । चिकित्सक रविरञ्जनले पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको बताए । कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत स्वरूप फुलमाला लिएर अस्पताल पुगेका थिए । पत्रकारहरुले आफ्नो स्वेच्छाले कोरोना परीक्षण गराउँदा पत्रकार रमण र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप