२०८३ कात्तिक ३०, सोमवार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी प्रादेशिक अस्पतालमा बन्द एनआईसीयु सेवा सुचारु

लुम्बिनी प्रादेशिक अस्पतालमा बन्द एनआईसीयु सेवा सुचारु


बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले शुक्रबारदेखि एनआईसीयु सेवा सुचारु गरेको छ ।

गत २३ गते एनआईसीयु शाखामा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले एनआईसीयु सेवा बन्द गरेको थियो ।

अस्पतालको एनआईसीयु शाखालाई निर्मुलीकरण तथा अन्य व्यवस्थापन गरी सेवा सुचारु गरिएको अस्पतालका शाखा अधिकृत विपिन क्षेत्रीले जनाकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ