गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ तिलोत्तमाका वडाहरुमा स्वास्थ्य केन्द्र निर्माणको काम तीव्र तिलोत्तमाका वडाहरुमा स्वास्थ्य केन्द्र निर्माणको काम तीव्र डी. आर. बन्जाडे शुक्रबार, २०७७ भदौ २६ गते, १४:१६ मा प्रकाशित बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकैदिन सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र स्वास्थ्य चौकी भवन शिलन्यास गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमकाबीच सहरीस्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवनको शिलन्यास गरेको हो । सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । हालसम्म तिलोत्तमाका दशवटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडाहरुमा भवन निर्माण हुने प्रक्रियामा छन् ।जग्गाको स्वामित्व नहुँदा करहिया स्वास्थ्य चौकीको लामो समयदेखि आफ्नै भवन निर्माण हुन सकेको थिएन । ज्योतिनगरमा झण्डै ६ कठ्ठा जमिनको स्वामित्व चौकीको नाममा आएपछि आफ्नैं सुविधासम्पन्न भवन निर्माण थालिएको छ । चालु आर्थिक वर्षभित्र भवनको निर्माण कार्य सकिने नगरपालिकाले जनाएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश Kalpana Craft ट्रेण्डिङ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ भरतपुर अस्पतालमा क्याथल्याव सुरु आफैले पढेको विश्वविद्यालयको आकर्षक जागिर छाडेर घर फर्किएका वरिष्ठ न्यूरो सर्जन बन्दी/सुधार गृहमा निःशुल्क आँखा तथा दन्त शिविर किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? बाल मस्तिष्क पक्षघातका कारण, जोखिम र उपचार बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? म:म खाँदा देखिन्छन् यस्ता स्वास्थ्य समस्या आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ भरतपुर अस्पतालमा क्याथल्याव सुरु आफैले पढेको विश्वविद्यालयको आकर्षक जागिर छाडेर घर फर्किएका वरिष्ठ न्यूरो सर्जन बन्दी/सुधार गृहमा निःशुल्क आँखा तथा दन्त शिविर किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? बाल मस्तिष्क पक्षघातका कारण, जोखिम र उपचार बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? म:म खाँदा देखिन्छन् यस्ता स्वास्थ्य समस्या