२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाका वडाहरुमा स्वास्थ्य केन्द्र निर्माणको काम तीव्र

तिलोत्तमाका वडाहरुमा स्वास्थ्य केन्द्र निर्माणको काम तीव्र


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एकैदिन सहरी स्वास्थ्य केन्द्र भवन उद्घाटन र स्वास्थ्य चौकी भवन शिलन्यास गरेको छ । नगरपालिकाले शुक्रवार एक कार्यक्रमकाबीच सहरीस्वास्थ्य केन्द्र भलबारीको भवन उद्घाटन र करहिया स्वास्थ्य चौकी भवनको शिलन्यास गरेको हो ।

सहरी स्वास्थ्य केन्द्र भलबारीको भवन वडा नं. ७ को दल्कामा बनेको छ भने करहिया स्वास्थ्य चौकीको भवन वडा नं. ८ को ज्योतिनगरमा निर्माण हुन थालेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा सहरी स्वास्थ्य केन्द्र निर्माणको काम भैरहेको तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

हालसम्म तिलोत्तमाका दशवटा वडामा सरकारी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । बाँकी वडाहरुमा भवन निर्माण हुने प्रक्रियामा छन् ।जग्गाको स्वामित्व नहुँदा करहिया स्वास्थ्य चौकीको लामो समयदेखि आफ्नै भवन निर्माण हुन सकेको थिएन । ज्योतिनगरमा झण्डै ६ कठ्ठा जमिनको स्वामित्व चौकीको नाममा आएपछि आफ्नैं सुविधासम्पन्न भवन निर्माण थालिएको छ । चालु आर्थिक वर्षभित्र भवनको निर्माण कार्य सकिने नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ