गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर डी. आर. बन्जाडे बुधबार, २०७७ असोज ७ गते, २०:२४ मा प्रकाशित तस्वीरः सिएनएन बुटवल – प्रदेश ५ मा एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनको अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार अहिलेसम्म सरकारी अस्पतालका डाक्टर र कतै मेडिकल कलेजले अल्पकालीन रूपमा पठाएका डाक्टरबाट आइसीयू बेडमा भर्ना भएका संक्रमितको उपचार भइरहेको छ । विकासमन्त्री सुदर्शन बराल भन्छन्, ‘आइसीयु उपकरण र बेड त पैसाले किनेर थप्न सकिएला तर एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनहरू आवेदन खोल्दा पनि आएका छैनन्, यो ठूलो समस्या भएको छ ।’ उनका अनुसार अहिले कम्तीमा ८ जना एनेस्थेसिस्ट र ३० जना एमडी गरेका कन्सल्टेन्ट फिजिसियन चाहिएको छ । त्यसका लागि दोस्रोपटक विज्ञापन गर्न लागेको उनले बताए । चारवटा कोरोना विशेष अस्पतालका लागि प्रदेश सरकारले ५८३ जना जनशक्ति नियुक्त गर्न र ती जनशक्तिलाई तीन महिनाका लागि तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ तलबभत्ता निकासा समेत गरेको मन्त्री बरालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ५ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो योग के हो ? यसका प्रकार र फाइदा ठूला ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु अध्ययन संस्थानमा परिणत हुने नेपाल चाइल्डहुड क्यान्सर एलायन्स स्थापना काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या