गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर प्रदेश ५मा संक्रमितको उपचारमा समस्या, विज्ञापन गर्दा पनि आउँदैनन् डाक्टर डी. आर. बन्जाडे बुधबार, २०७७ असोज ७ गते, २०:२४ मा प्रकाशित तस्वीरः सिएनएन बुटवल – प्रदेश ५ मा एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनको अभावका कारण कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलका अनुसार अहिलेसम्म सरकारी अस्पतालका डाक्टर र कतै मेडिकल कलेजले अल्पकालीन रूपमा पठाएका डाक्टरबाट आइसीयू बेडमा भर्ना भएका संक्रमितको उपचार भइरहेको छ । विकासमन्त्री सुदर्शन बराल भन्छन्, ‘आइसीयु उपकरण र बेड त पैसाले किनेर थप्न सकिएला तर एनेस्थेसिया र कन्सल्टेन्ट फिजिसियनहरू आवेदन खोल्दा पनि आएका छैनन्, यो ठूलो समस्या भएको छ ।’ उनका अनुसार अहिले कम्तीमा ८ जना एनेस्थेसिस्ट र ३० जना एमडी गरेका कन्सल्टेन्ट फिजिसियन चाहिएको छ । त्यसका लागि दोस्रोपटक विज्ञापन गर्न लागेको उनले बताए । चारवटा कोरोना विशेष अस्पतालका लागि प्रदेश सरकारले ५८३ जना जनशक्ति नियुक्त गर्न र ती जनशक्तिलाई तीन महिनाका लागि तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ तलबभत्ता निकासा समेत गरेको मन्त्री बरालले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ योग के हो ? यसका प्रकार र फाइदा ६ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ७ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?