२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ संक्रमित घट्दै तर, नयाँ भाइरसको जोखिम कायमै

कोभिड–१९ संक्रमित घट्दै तर, नयाँ भाइरसको जोखिम कायमै


काठमाडौ– पछिल्लो केही हप्ता यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या दैनिक १ सय ५० जना भन्दा तल छ । कोरोनाका केस घट्दै गएको र सरकारले कोरोना विरुद्धको खोप अभियान समेत चलाएकाले केही दिनमा कोरोना नियन्त्रणमा आउने अधिकारीहरु बताउँछन् ।  तर, विभिन्न देशमा नयाँ प्रजातिको भाइरस देखिन थालेको छ । जसले चिकित्सकहरुमा चिन्ता थपेको छ ।

गत पौष २७ गते बेलायतबाट आएका तीन जना नेपालीमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको थियो । कोभिड–१९ भन्दा कयौं गुणा तिव्र फैलने भएकाले बेलायतमा देखा परेको नयाँ भाइरस प्रति सबै चिन्तित छन् । भेरियन्ट नाम दिइएको उक्त नयाँ भाइरस हालसम्म ८० बढी देशमा पुगिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही हप्ता अघि पोखरामा पनि नयाँ प्रकारको भाइरस भेटिएको थियो । कोरोना परिक्षण गर्दा एस जीन नेगेटिभ आएपछि केन्द्रिय प्रयोगशाला टेकुमा समेत परीक्षण गरिएको थियो । तर, त्यहाँ पनि केही नमुनामा एस जीन नेगेटिभ देखिएपछि नयाँ प्रकारको भाइरस समूदाय स्तरमा पुगेको अनुमान गरिएको छ ।

हाल देखिँदै आएको कोरोना भाइरसमा चुच्चो–चुच्चो आकार (स्काइप प्रोटिन) परीक्षणका क्रममा देखिनुपर्छ । तर, नयाँ प्रकारको भाइरस हुँदा यो हराएर जान्छ । एस जीन नदेखिएपछि भाइरसको प्रकार परिवर्तन भएको मानिन्छ । नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । जिनोम सिक्वेन्सिङ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए नभएको छुट्याउन सकिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनु्सार केही हप्ता भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि जिनोम सिक्वेन्सिङ गरेर मात्र नयाँ स्वरूपको भाइरस पत्ता लगाउन सकिन्छ । त्यसका लागि आवश्यक उपकरण जोड्ने काम भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ