२०८२ कात्तिक २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेट‘ए’ ग्रेडको अनुमति पाएको विध ल्याबको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता

‘ए’ ग्रेडको अनुमति पाएको विध ल्याबको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता


काठमाडौं – विध ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएको छ । जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गर्दा ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा संचालन मापदण्ड निर्देशिका ०७३ अनुसार मापदण्ड पूरा गरेको पाइएकोले गएको बुधबार ‘ए क्याटेगोरी प्रयोगशाला संचालन गर्न दिइएको जनाएको हो ।

ल्याबले अबको दिनमा अझै सर्वसुलभ मुल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । ल्याबका संचालक विके भण्डारीले भने, ‘हाल चलनचल्तिको मूल्यभन्दा कम मुल्यमा परीक्षण गर्ने तयारीमा हामीहरुले गरिरहेका छौँ।’

संचालक भण्डारीका अनुसार अहिले करिब २५ सय प्रकारका टेस्टहरु ल्याबमा गरिने भएको छ । कोरोना महामारीपछि संचालनमा आएको यस ल्याबले देशभरिका ल्याबमध्ये सबैभन्दा बढी आर टि पिसिआर परीक्षण गरेको भण्डारीले जानकारी दिए ।

ल्याबमा जेनेटिक तथा मोलिकुलर सम्बन्धि सम्पूर्ण परीक्षण हुने, कोभिड परीक्षण गरेका सेवाग्राहीलाई अन्य परीक्षणमा १५ प्रतिशत छुट दिने व्यवस्था, एक महिनासम्म टेस्ट गर्न आउने समपूर्णलाई १५ प्रतिशत छुटको व्यवस्था गरिएको संचालक भण्डारीले जनाए।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ