२०८३ असोज २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ भारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो

भारतबाट १० लाख डोज खोप काठमाडौं आइपुग्यो


काठमाडौं— नेपाल सरकारले खरिद गरेको कोरोना विरुद्धको २० लाख डोज भ्याक्सिनमध्ये १० लाख डोज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार दिउँसो एयर इण्डियाको विमानमार्फत १० लाख डोज खोप नेपाल आइपुगेको हो ।

उक्त खोप प्रदेशलाई वितरण गर्नुअघि मन्त्रालयले स्वास्थ्य सेवा विभागको टेकुस्थित कोल्ड स्टोरमा भण्डारण गरिनेछ ।

सरकारले क्याम्ब्रिज युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोभिड—१९ विरुद्धको खोप कोभिसिल्ड उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गरेको छ । प्रतिडोज ४ डलरमा सरकारले २० लाख डोज खोप खरिदका लागि यसअघि नै ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी पठाएको थियो ।

जसमध्ये १० लाख डोज खोप आइतबार नेपाल आइपुगेको हो । थप १० लाख डोज खोप पनि चाँडै नेपाल आइपुग्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यसअघि भारतले कोभिसिल्ड खोपको १० लाख डोज नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ