गृहपृष्ठ ∕ समाचार ∕ अब वीर र ट्रमा दुवै कोभिड अस्पताल अब वीर र ट्रमा दुवै कोभिड अस्पताल हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १९:०९ मा प्रकाशित काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालले २००/२०० शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा दुवै अस्पतालले संयुक्त रुपमा ४ सय शैय्या कोभिड उपचारका लागि छुट्याउने सहमति भएको हो। वीर अस्पतालको नयाँ सर्जिकल भवनमा थप २०० शैय्या र ट्रमा अस्पतालमा थप २०० शैय्या कोभिड संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइने ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार अक्सिजन नै अभाव भइरहेको अवस्थामा कोरोना बिरामीलाई बढी अक्सिजन चाहिने भएकोले शैय्या छुट्याउने प्रस्ताव गरिएको हो। उनले भने, ‘यो महामारीको समयमा जहाँ जसरी हुन्छ त्यसरी नै सहयोग गर्ने हो। धेरै संक्रमितले ज्यान गुमाइरहेको अवस्थामा हामीले यहाँ शैय्याको व्यवस्था गर्दा धेरै संक्रमित ज्यानको बच्न सक्छ।’ उनले ननकोभिड बिरामीलाई वीर अस्पतालमा सिफ्ट गरेर उपचार गर्ने व्यवस्था मिलाउने पनि जानकारी दिए। ‘ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष… तेस्रो लगानी सम्मेलनमा स्वास्थ्यका दुई परियोजना प्रस्तुत गरिने स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण अमेरिका धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ५ योग के हो ? यसका प्रकार र फाइदा ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ट्रेण्डिङ गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष चासो छ : प्रधानमन्त्री कोभिड-१९ बाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक थेरापी क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै 'गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारको विशेष चासो छ : प्रधानमन्त्री कोभिड-१९ बाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक थेरापी क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै 'गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ' डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित