२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन

कमलपोखरीमा एनएमएले बनायो डाक्टरका लागि १०० शैय्याको क्वारेन्टिन


काठमाडौं–कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेका चिकित्सकहरुको व्यक्तिगत सुरक्षालाई ध्यान दिदैं नेपाल चिकित्सक संघ (एनएमए)ले १ सय शैय्याको सुविधासम्पन्न क्वारेन्टिन सञ्चालनमा ल्याएको छ ।

कमलपोखरीस्थित अग्रवाल भवनमा सञ्चालनमा ल्याइएको उक्त क्वारेन्टिन सोमबार भर्चुअल माध्यमबाट भारतीय राजदूत विनयमोहन क्वाज्ञाले उद्घाटन गरेका छन् । एनएमएले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशलको सहयोगमा उक्त क्वारेन्टिन सञ्चालमा ल्याएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए ।

उक्त क्वारेन्टिनको सञ्चालनका लागि संघका केन्द्रीय सदस्य डा. प्रमोद जोशीको संयोजकत्वमा ३ सदस्सीय समिति समेत बनाइएको छ । केही समयपश्चात सञ्चालन गरिने उक्त क्वारेन्टिन सेन्टरमा दिनको ४ पटक स्वस्थ खाना उपलब्ध गराइनेछ ।

संघले केही समयपश्चात आइसोलेसन सेन्टर पनि सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि र दैनिक ४ पटक खाना उपलब्ध गराइने संघले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ