२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ नेपालमै उत्पादन हुने भयो ‘रेम्डेसिभिर’

नेपालमै उत्पादन हुने भयो ‘रेम्डेसिभिर’


काठमाडौं -औषधी व्यवस्था विभागले ‘रेम्डेसिभिर’ औषधी उत्पादनको लागि नेसनल हेल्थ केयरलाई अनुमति दिएको छ। कोभिड-१९ का बिरामीको उपचारमा सहायक मानिएको सो औषधी उत्पादनको लागि बुधबार अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।

सो औषधीलाई अहिले उत्पादनको लागि मात्रै अनुमति दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जनाए। उनले भने, ‘अहिले नेपालमा’रेम्डेसिभिर’ औषधी उत्पादनको लागि मात्र अनुमति दिइएको हो। उत्पादित औषधीको गुणस्तरको जाँच पछि मात्रै बजारमा पठाउने अनुमति दिनेछौं।’

उनका अनुसार कम्पनीले नेपालमा १५ देखि २० दिनभित्र उत्पादन गर्ने औषधी विभागलाई जानकारी दिएको छ। सो औषधी जेठ मसान्तसम्म बजारको लागि तयार हुने र स्वदेशमै उत्पादन हुँदा ‘रेम्डेसिभिर’को अभावको समस्या पनि कम हुँदै जाने विभागले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ