२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकी कम्पनी जोनसोनले खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने

अमेरिकी कम्पनी जोनसोनले खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने

चीनले पनि खोप खरिदबारेको पत्रको उत्तर पठायो


काठमाडौं-अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनले कोभिड-१९ विरुद्धको खोप खरिदबारे छलफल गर्न प्रतिनिधी पठाउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई इमेलमा प्रतिउत्तर लेख्दैं खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने जानकारी गराएको हो ।

‘हामीले अमेरिकी खोप कम्पनी जोनसोनलाई पठाएको इमेलमा सकारात्मक कुरा आएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने, ‘जोनसोनले नेपाल सरकारसँग खोप खरिदबारे छलफलका लागि प्रतिनिधी पठाउँछु भनेको छ ।’

सरकारले जोनसोनलाई ५० लाख डोज कोभिड १९ विरुद्धको खोप किन्ने प्रस्ताव पठाएको छ । जोनसोनको खोप एक डोज लगाए पुग्छ ।

यस्तै, सरकारले चीनलाई भेरोसेल खोप खरिदका लागि सहजीकरण गरिदिन पत्र पठाएको थियो । स्रोतकाअनुसार चीन सरकारले उक्त पत्रको जवाफ पठाएको छ । विभागले कुटनीतिक तवरबाट डिल गर्नका लागि उक्त पत्र परराष्ट मन्त्रालयलाई पठाएको छ ।

स्रोतकाअनुसार चीन सरकारले कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया डिस्क्लोज नगर्ने गरी पत्र पठाएको छ । विभागका अधिकारीले सरकारलाई ईडिपी पार्टनरमार्फत खोप खरिद गर्न सुझाव दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ