२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकी कम्पनी जोनसोनले खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने

अमेरिकी कम्पनी जोनसोनले खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने

चीनले पनि खोप खरिदबारेको पत्रको उत्तर पठायो


काठमाडौं-अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनले कोभिड-१९ विरुद्धको खोप खरिदबारे छलफल गर्न प्रतिनिधी पठाउने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई इमेलमा प्रतिउत्तर लेख्दैं खोप खरिदको छलफलका लागि प्रतिनिधी पठाउने जानकारी गराएको हो ।

‘हामीले अमेरिकी खोप कम्पनी जोनसोनलाई पठाएको इमेलमा सकारात्मक कुरा आएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने, ‘जोनसोनले नेपाल सरकारसँग खोप खरिदबारे छलफलका लागि प्रतिनिधी पठाउँछु भनेको छ ।’

सरकारले जोनसोनलाई ५० लाख डोज कोभिड १९ विरुद्धको खोप किन्ने प्रस्ताव पठाएको छ । जोनसोनको खोप एक डोज लगाए पुग्छ ।

यस्तै, सरकारले चीनलाई भेरोसेल खोप खरिदका लागि सहजीकरण गरिदिन पत्र पठाएको थियो । स्रोतकाअनुसार चीन सरकारले उक्त पत्रको जवाफ पठाएको छ । विभागले कुटनीतिक तवरबाट डिल गर्नका लागि उक्त पत्र परराष्ट मन्त्रालयलाई पठाएको छ ।

स्रोतकाअनुसार चीन सरकारले कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया डिस्क्लोज नगर्ने गरी पत्र पठाएको छ । विभागका अधिकारीले सरकारलाई ईडिपी पार्टनरमार्फत खोप खरिद गर्न सुझाव दिएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ