२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गोलबजारमा २५ बेडको कोभिड अस्पताल

गोलबजारमा २५ बेडको कोभिड अस्पताल


धनुषा–सिरहाको गोलबजार नगरपालिकाले जिल्लामा पहिलो पटक आफ्नै लगानीमा २५ बेडको अस्थायी कोभिड–१९ अस्पताल संचालन गरेको छ । नगरपालिकाले एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्तालको रुपमा सञ्चालनमा ल्याएको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए ।

गोलबजारनगर प्रमुख देवनाथ साहले उदघाटन गर्दै कर्मचारी र जनप्रतिनिधि सहकर्मीहरुको सहयोग अस्पताल सञ्चालन सम्भव भएको बताए । उनले अस्पताललाई आवश्यकताअनुसार सुविधासम्पन्न बनाउँदै जाने प्रतिवद्धता जनाए ।

सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिब ४ करोड मूल्य बरावरको एक बिगाहा जग्गा निःशुल्क दान गरेका थिए ।

जिल्लामा पछिल्लो पटक कोभिड–१९ संक्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । जिल्लामा संक्रमणदर घटेको हो कि परीक्षण हुन नसकेको हो भन्ने अझै एकीन हुन नसकेको बताए । उनले भने, ‘पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण दर कम देखिएको छ ।’

कँडेलले नगरपालिकालाई प्रत्येक वडामा रहेका स्वास्थ्यसंस्थामार्फत संक्रमणका लक्षण देखिएकाहरुको पहिचान गरी उनीहरुलाई परीक्षणको दायरामा ल्याउन पनि सुझाएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ