२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ गोलबजारमा २५ बेडको कोभिड अस्पताल

गोलबजारमा २५ बेडको कोभिड अस्पताल


धनुषा–सिरहाको गोलबजार नगरपालिकाले जिल्लामा पहिलो पटक आफ्नै लगानीमा २५ बेडको अस्थायी कोभिड–१९ अस्पताल संचालन गरेको छ । नगरपालिकाले एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्तालको रुपमा सञ्चालनमा ल्याएको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए ।

गोलबजारनगर प्रमुख देवनाथ साहले उदघाटन गर्दै कर्मचारी र जनप्रतिनिधि सहकर्मीहरुको सहयोग अस्पताल सञ्चालन सम्भव भएको बताए । उनले अस्पताललाई आवश्यकताअनुसार सुविधासम्पन्न बनाउँदै जाने प्रतिवद्धता जनाए ।

सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिब ४ करोड मूल्य बरावरको एक बिगाहा जग्गा निःशुल्क दान गरेका थिए ।

जिल्लामा पछिल्लो पटक कोभिड–१९ संक्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । जिल्लामा संक्रमणदर घटेको हो कि परीक्षण हुन नसकेको हो भन्ने अझै एकीन हुन नसकेको बताए । उनले भने, ‘पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण दर कम देखिएको छ ।’

कँडेलले नगरपालिकालाई प्रत्येक वडामा रहेका स्वास्थ्यसंस्थामार्फत संक्रमणका लक्षण देखिएकाहरुको पहिचान गरी उनीहरुलाई परीक्षणको दायरामा ल्याउन पनि सुझाएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ