२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ अस्पतालहरुलाई सेवाको लागत रकमको शीर्षकसहितको मुल्यसूची सार्वजनिक गर्न वीरगन्ज महानगरको निर्देशन

अस्पतालहरुलाई सेवाको लागत रकमको शीर्षकसहितको मुल्यसूची सार्वजनिक गर्न वीरगन्ज महानगरको निर्देशन


धनुषा – वीरगन्ज महानगरपालिकाले वीरगन्जमा संचालित अस्पताल, औषधी पसल र प्रयोगशालाहरुको अनुगमन निरीक्षण सुरु गरेको छ ।
वीरगन्ज महानगरपालिकाले निर्माण गरेको स्वास्थ्य कार्यविधिअन्तर्गत निर्माण भएको अनुगमन समितिले अनुगमन सुरु गरेको हो ।

पहिलो दिन समितिले वीरगन्जको भवानी हस्पिटल र आशााराम हस्पिटलको अनुगमन गरेको महानगरको स्वास्थ्य महाशाखाका रितेश जयसवालले बताए ।

अनुगमन टोलीले चार दिनभित्र आफ्नो संस्थाबाट प्रवाह हुने सेवाको प्रकार तथा लागत रकमको शिर्षक सहितकोे मूल्यसूची आफ्नो संस्थाको सूचनापाटीमा राख्न निर्देशन दिएको छ । महाशाखाका प्रमुख अरुण कुमार महतोले अनुगमन कार्यलाई ठोस परिणममुखी बनाइने बताए ।

स्वास्थ्य सम्बन्धि  ऐन कार्यविवधि र निर्देशन विपरित संचालित भएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गरेरै छाड्ने दृढता ब्यक्त गरे । नियमको पालना नगरि अटेरी गर्ने कुरालाई महानगरले सहन गर्न नसक्ने उनले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ