२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


दोलखा – चरिकोट अस्पतालमा रहेका कोभिड-१९ का बिरामीको उपचारका लागि विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । संक्रमितहरुको स्वास्थ्य सामग्रीको अभावमा अकालमा ज्यान जान नपरोस भन्ने उद्देश्यले विभिन्न संघसंस्थाहरुले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

बोधीसत्वा विहारका सुप्रिम मास्टर हेगुवाङ्सीको सहयोगमा नेपालका लागि कार्यक्रम संयोजक शान्त शर्मा र योगदान राष्ट्रको लागि दोलखा जिल्ला संयोजक राजु थापाले चरिकोट अस्पताल सञ्चालक समितिका अध्यक्ष भरत बहादुर केसीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

बोधीसत्वा विहारको सहयोगमा अन्तर्राष्ट्रिय समन्वय समाज दोलखा र योगदान राष्ट्रको लागि दोलखाको पहलमा उक्त स्वास्थ्य सामग्री चरिकोट अस्पताललाई हस्तान्तरण गरेका थिए ।

सदरमुकाम चरिकोटमा सञ्चालित चरिकोट अस्पताललाई कोभिड १९ का बिरामीलाई आवश्यक स्वास्थ्य सामग्रीहरु मास्क दुईसय, ग्लोब्स एक सय, फेस शिल्ड ४०, पीपीई सेट २०, चश्मा २४, एन ९५ मास्क २०, नर्सिङ क्याप एक सय, फिनेल १५ लिटर, सेनीटाईजर १५ लिटर, टवाइलेट क्लिनर ५ लिटर, ह्याण्डवास १५ लिटर, अक्सिजन कन्सेनीरेटर ३ वटा र कोरोनाको बिरामीलाई आवश्यक औषधिहरु गरी ६५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

जिरी नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र जिरी, कालिञ्चोक गाउँपालिकास्थित लापिलाङ, वैतेश्वर गाउँपालिकाको वैतेश्वर अस्पताल क्षेत्रपा र गौरीशंकर गाउँपालिकास्थित जुँगुका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिने अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ