२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर

भीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर


दोलखा—भीमेश्वर नगरपालिका—५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीशंकर सामुदायिक पुस्तकालय र भीमेश्वर नगरपालिका दोलखाको आयोजनामा भएको एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो ।

शिविरमा भीमेश्वर नगरपालिका—५ का ४ सय ५० जना भन्दा बढिले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा स्त्री रोग, दाँत, हाडजोर्नी, नसा सम्बन्धि उपचार गराएका थिए । शिविरमा चरिकोट अस्पताल दोलखाका डाक्टर देवेन्द्र गौतम, डाक्टर विनोद दंगाल, डाक्टर सागर महर्जन, डाक्टर नविता भण्डारी र डाक्टर सुनिल मोक्तान लगायतले स्वास्थ्य उपचार गरेका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमा पूर्वपर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण् बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम उद्घाटनमा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसी, भीमेश्वर नगरपालिका—५ का वडाअध्यक्ष रामचन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ