२०८३ असोज २९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्पोरेट ∕ एभरेस्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने

एभरेस्ट अस्पतालमा ‘होल बडी चेकअप’ गर्दा २० प्रतिशत छुट पाइने


काठमाडौं—एभरेस्ट अस्पताल प्रा.लि.ले नयाँ वर्षको अवसरमा छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अवस्थित एभरेस्ट अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

एभरेस्ट अस्पतालको प्रशासनिय प्रमुख दिपक चन्द्र बरालले नयाँ वर्षको अवसरमा अस्पतालले ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीलाई २० प्रतिशत छुट दिने जानकारी दिए ।

उनका अनुसार पाँच प्याकेजहरुमा  पूर्ण डाइबिटिज प्याकेज, आंशिक डाइबिटिज प्याकेज, मास्टर हेल्थ प्याकेज, सामान्य गाइनोलोजिस्ट हेल्थ प्याकेज, फुल कारडियोलोजिस्ट हेल्थ प्याकेजहरु रहेका छन् ।

उक्त सेवा १६ गतेबाट २५ गतेसम्ममा होलबडी चेकअप गर्ने विरामीहरुले २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै अस्पतालले बिहानको ६.३० बजेभन्दा अगाडी सुगरका बिरामीले सुगर जाँच गराउदा १०० प्रतिशत छुटको व्यवस्था पनि राखेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ