२०८२ चैत्र २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्षयरोगको उपचारमा ९१ प्रतिशत सफलता, ४० हजार बिरामी उपचारकाे दायरा बाहिर हुनु चुनौती

क्षयरोगको उपचारमा ९१ प्रतिशत सफलता, ४० हजार बिरामी उपचारकाे दायरा बाहिर हुनु चुनौती


काठमाडौँ –  नेपालमा अझै ४० हजार क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेका छन् । पछिल्लो  तथ्यांक अनुसार हाल ४० हजार भन्दा बढी क्षयराेगका बिरामी उपचारकाे दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको हो ।

अन्तर्राष्ट्रिय क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य तथा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. संजय कुमार ठाकुरले नेपालमा प्रत्येक वर्ष ६९ हजार भन्दा बढी क्षयराेगका बिरामी थपिने बताए । तीमध्ये उपचारको दयारामा नआएका ४० हजारलाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती देखिएको  उनको भनाइ छ ।

उनले भने, ‘आर्थिक वर्षमा २०७७/७८को तथ्यांक हेर्दा २८ हजार ६ सय ७७ बिरामी दर्ता भएका छन् । दर्ता भएका बिरामी मध्ये पुरुष ६७ प्रतिशत, महिला ३३ प्रतिशत र बालबालिकामा ७प्रतिशत रहेका छन्। बिरामीको उपचारबाट ९१ प्रतिशत उपचारमा सफलता मिलेको छ। ‘

यस्तै, क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन् । क्षयरोगकै कारण वर्षेनी १४ हजार बिरामीको ज्यान जाने अनुमान गरिएको छ।

क्षयरोगको अन्त्य र लक्ष्य प्राप्तिका लागि केन्द्रले स्वास्थ्य मन्त्रालयले क्षयरोग प्रिभिलेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनको सिफारिसमा यसको अन्त्यको लागि चालिएको रणनीतिलाई निर्देशक मानी पञ्चवर्षीय योजना रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ तयार गरी कार्यान्वयन गरिएको उनले जानकारी दिए।

२४ मार्चको दिन विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस विभिन्न नारा सहित कार्यक्रम गर्दै मनाउने गरिन्छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ