२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुमेरु अस्पतालको सिईओमा प्रकाश, फाइनान्समा दीपेन्द्र

सुमेरु अस्पतालको सिईओमा प्रकाश, फाइनान्समा दीपेन्द्र


काठमाडौं—धापाखेलस्थित १ सय शैय्याको सुमेरु अस्पतालले आन्तरिक अप्रेसन्स हेर्ने गरी प्रकाश रजोरियालाई भित्र्याएको छ । अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालकाअनुसार अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा १५ जेठबाट लागु हुने गरी रजोरियालाई नियुक्त गरिएको छ ।

यसैगरी, अस्पतालको फाइनान्स प्रमुखमा पनि उनकै टिमका दीपेन्द्र शर्मालाई जिम्मेवारी दिइएको छ । उनीहरु दुवै जना लामो समयदेखि भारतमा कार्यरत थिए ।

‘हामीले सिईओ र फाइनान्स प्रमुखमा नयाँ नियुक्ति गरेका छौं,’ दाहालले भने, ‘यसले अस्पतालमा नयाँ हिसाबले अगाडि बढ्ने विश्वास लिएका छौं ।’

दाहालकाअनुअनुसार अस्पतालको सञ्चालक समिति भने कुनै परिवर्तन भएको छैन । ‘हामीले सिईओ र फाइनान्स प्रमुखमा दुई जनालाई नियुक्त गरेका हौं,’ उनले थपे, ‘यो नियमित कर्मचारी भर्ना गर्ने प्रक्रियाअन्तर्गत नै भएको हो ।’

सुमेरु समूहअन्तर्गत भरत महर्जनको नेतृत्वमा वि.सं. २०६८ सालमा सुमेरु अस्पताल स्थापना भएको हो । अस्पतालको धापाखेलका साथै जावलाखेलमा पनि सुमेरु सिटी अस्पताल सञ्चालनमा छ ।

अस्पताल प्रशासनकाअनुसार अहिले अस्पतालमा १७ जना पूर्णकालीन चिकित्सक र ३७ जना आंशिककालीन विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् ।

*यसअघि भारतीय नागरिक हुन गएकोमा सच्चाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ