गृहपृष्ठ ∕ समाचार ∕ धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर धनगढीमा ८८ महिलाको पाठेघर परीक्षण गर्दा १८ मा क्यान्सर हेल्थ आवाज आईतबार, २०७९ पुस १० गते, १४:३६ मा प्रकाशित धनगढी – धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ८८ महिलाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १८ महिलाको पाठेघरमा क्यान्सर रहेको पुष्टि भएको हो। शनिवार धनगढी उप–महानगरपालिकाको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको सहकार्यमा धनगढीमा एक दिने क्यान्सर रोग परीक्षण शिविरको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८६ जनाले सेवा लिएका हुन्। उनीहरूमा दुई सय २९ जना महिला र ५७ जना पुरुष रहेका थिए। ८८ जना महिलाको पाठेघरको क्यान्सरको परीक्षण गर्दा १८ जनामा पुष्टि भएको हो। १३ जनालाई थप परीक्षणका लागि पठाइएको छ। शिविरमा १४ जना क्यान्सरका बिरामी नियमित परिक्षणका लागि आएका थिए। ७४ जनाको भिडियो एक्स-रेसमेत गरिएको छ। प्राध्यापक डाक्टर सुभेषराज कायस्थसहितको चिकित्सकको समूहले स्वास्थ्य सेवा दिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कसरी गर्ने छालाको हेरचाह ? डा. निकोलस भुसाल गोरखाबाट पक्राउ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन कसरी गर्ने छालाको हेरचाह ? डा. निकोलस भुसाल गोरखाबाट पक्राउ प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता