२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति सम्मानित

सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति सम्मानित


काठमाडौं—सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित भएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. बस्नेतलाई सम्मानित गरेको हो ।

एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका संरक्षकसमेत रहेका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले ‘सबैका लागि खेल’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् ।

साथै, उक्त कार्यक्रममा खेलाडी, पत्रकार, समाजसेवीलगायतका समाजका विभिन्न तह र तप्काका मानिसहरुको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ