२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पूर्व स्वास्थ्यमन्त्री खगराज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

पूर्व स्वास्थ्यमन्त्री खगराज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


पोखरा—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ जना सांसदको समर्थन पाएका अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले संगठन विभाग प्रमुखसमेत रहेका उनी गण्डकी प्रदेशको एमाले संसदीय दलका नेता हुन् । ६० सदस्सीय प्रदेशसभामा बहुमतका लागि ३१ जना सांसद आवश्यक पर्छ । अधिकारीलाई मुख्यमन्त्रीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ जना स्वतन्त्र सांसद गरी ३३ जनाले समर्थन गरेका छन् ।

बहुमत सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङ समक्ष मुख्यमन्त्रीको दावी पेश गरेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित कास्की—१ (२) बाट प्रदेश सभा चुनाव लडेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले समृद्ध गण्डकी प्रदेश बनाउने र मन्त्रालय घटाउने संक्षिप्त टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७ जना सदस्य छन् । केन्द्रमा यसअघिको सत्ता गठबन्धनमा फेरबदल आएसँगै गण्डकी प्रदेशमा पनि कांग्रेस सरकारको नेतृत्व लिनबाट बञ्चित बनेको हो ।

उनी वि.सं. २०७० सालमा स्वास्थ्यमन्त्री बनेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ