२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपूर्व स्वास्थ्यमन्त्री खगराज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

पूर्व स्वास्थ्यमन्त्री खगराज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


पोखरा—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ जना सांसदको समर्थन पाएका अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले संगठन विभाग प्रमुखसमेत रहेका उनी गण्डकी प्रदेशको एमाले संसदीय दलका नेता हुन् । ६० सदस्सीय प्रदेशसभामा बहुमतका लागि ३१ जना सांसद आवश्यक पर्छ । अधिकारीलाई मुख्यमन्त्रीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ जना स्वतन्त्र सांसद गरी ३३ जनाले समर्थन गरेका छन् ।

बहुमत सांसदको समर्थनसहित प्रदेश प्रमुख गुरुङ समक्ष मुख्यमन्त्रीको दावी पेश गरेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
अधिकारी गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित कास्की—१ (२) बाट प्रदेश सभा चुनाव लडेका थिए ।

मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले समृद्ध गण्डकी प्रदेश बनाउने र मन्त्रालय घटाउने संक्षिप्त टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७ जना सदस्य छन् । केन्द्रमा यसअघिको सत्ता गठबन्धनमा फेरबदल आएसँगै गण्डकी प्रदेशमा पनि कांग्रेस सरकारको नेतृत्व लिनबाट बञ्चित बनेको हो ।

उनी वि.सं. २०७० सालमा स्वास्थ्यमन्त्री बनेका थिए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ