गृहपृष्ठ ∕ समाचार ∕ बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन बैतडीको मेलौलीका स्वास्थ्य संस्था डाक्टरबिहिन हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक ८ गते, ११:४१ मा प्रकाशित बैतडी– बैतडीको तल्लोसोराडमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली डाक्टरबिहिन भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ बर्षपछि गत बर्ष डाक्टर आए पनि गएको फागुन देखि स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेशकान्त दयालले बताए । डाक्टर नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरे सेवा पनि प्रभावकारी हुन सकेको छैन् । चोटपटक लागेर आएका बिरामीहरुको एक्सरे गरेपनि त्यसको रिर्पोट हेर्ने जनशक्ति नहुँदा एक्सरे प्रयोगविहिन भएको हेल्थ असिष्टेन्ट दयालले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर जीवन कार्कीको संघमा समायोजन भएपछि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहिन भएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम गर्नुपर्ने केसहरु पनि पाटन अथवा सदरमुकाम पठाउनु पर्ने बाध्यता रही आएको चन्दले बताए । यस्तै, केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा गएको एक बर्ष देखि स्टाफ नर्सको दरबन्दी पनि खाली रहेको छ । यसले गर्दा पनि समस्या भएको स्वास्थ्य संयोजक चन्दले जानकारी दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश ट्याग : #sudurpaschim तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न… डा. निकोलस भुसाल गोरखाबाट पक्राउ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन अमेरिकामा वयस्कलाई चौथो डोज दिने तयारी कोभिड खोप नलगाउनेलाई जेल सजाय र जरिवाना ओमिक्रोनले बेलायतमा ७५ हजारको ज्यान लिनसक्ने आशंका चीनको कोभिड शून्य नीतिमा ठूलो झटका : एकैदिन ५सय बढीमा संक्रमण डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने 'क्विट टोबाको' एप अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलोपटक एचआईभीमुक्त भइन् एक महिला