२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ मस्तिष्क ज्वरो उपचार निर्देशिका बनाउँदैं डब्लूएचओ

मस्तिष्क ज्वरो उपचार निर्देशिका बनाउँदैं डब्लूएचओ


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वतन्त्र परामर्श विशेषज्ञहरुलाई मस्तिष्क ज्वरो नियन्त्रण सम्बन्धि बन्न लागेको मार्गचित्रमा जोडिन आग्रह गरेको छ । सन् २०३० बाट मस्तिष्क ज्वरो कम गर्ने उद्देश्यका साथ उसले स्वतन्त्र परामर्श विशेषज्ञहरुलाई खोज पडताल, उपचारका लागि बनाउन लागिएको उपचार निर्देशिकाका लागि सुझाव मागेको हो ।

गाइडलाइनमा मस्तिष्क ज्वरो सम्बन्धि रोग पत्ता लगाउने, उपचार गर्ने र हेरविचारमा सहयोग गर्ने कुरा समेटिनेछन् । विश्वको धेरै क्षेत्रमा मष्तिक ज्वरो हटाउन सफल भएपनि यो आम जनताको स्वास्थ्यको लागि निकै चुनौतीपूर्ण स्वास्थ्य समस्या मानिएको छ ।

मस्तिष्क ज्वरोले वर्षेनी २ लाख ५० हजार मानिसले ज्यान गुमाइरहेका छन् । यसको विनासकारी परिणाम के छ भने यो रोगबाट प्रभावित पाँच जनामध्ये एक जना आफ्नो ज्यान गुमाइरहेका छन् ।

यसले जनमानिसको स्वास्थ्यमा लामो समयसम्म असर गरिरहेको छ । यो रोगको प्रभावपछि मानिसमा काम्ने, दृष्टिमा असर हुने, यादहरु तथा व्यवहारमा परिवर्तन आउने र शरीरको अंगसमेत छेदविच्छेद हुन सक्छ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ