२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमस्तिष्क ज्वरो उपचार निर्देशिका बनाउँदैं डब्लूएचओ

मस्तिष्क ज्वरो उपचार निर्देशिका बनाउँदैं डब्लूएचओ


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) स्वतन्त्र परामर्श विशेषज्ञहरुलाई मस्तिष्क ज्वरो नियन्त्रण सम्बन्धि बन्न लागेको मार्गचित्रमा जोडिन आग्रह गरेको छ । सन् २०३० बाट मस्तिष्क ज्वरो कम गर्ने उद्देश्यका साथ उसले स्वतन्त्र परामर्श विशेषज्ञहरुलाई खोज पडताल, उपचारका लागि बनाउन लागिएको उपचार निर्देशिकाका लागि सुझाव मागेको हो ।

गाइडलाइनमा मस्तिष्क ज्वरो सम्बन्धि रोग पत्ता लगाउने, उपचार गर्ने र हेरविचारमा सहयोग गर्ने कुरा समेटिनेछन् । विश्वको धेरै क्षेत्रमा मष्तिक ज्वरो हटाउन सफल भएपनि यो आम जनताको स्वास्थ्यको लागि निकै चुनौतीपूर्ण स्वास्थ्य समस्या मानिएको छ ।

मस्तिष्क ज्वरोले वर्षेनी २ लाख ५० हजार मानिसले ज्यान गुमाइरहेका छन् । यसको विनासकारी परिणाम के छ भने यो रोगबाट प्रभावित पाँच जनामध्ये एक जना आफ्नो ज्यान गुमाइरहेका छन् ।

यसले जनमानिसको स्वास्थ्यमा लामो समयसम्म असर गरिरहेको छ । यो रोगको प्रभावपछि मानिसमा काम्ने, दृष्टिमा असर हुने, यादहरु तथा व्यवहारमा परिवर्तन आउने र शरीरको अंगसमेत छेदविच्छेद हुन सक्छ ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ