गृहपृष्ठ ∕ समाचार ∕ सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १४:०८ मा प्रकाशित धनगढी-सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गौरीगंगा नगरपालिका ६ का ४० वर्षीय गगनसिंह कुँवरको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। उपचारका क्रममा बिहीबार बिहान ज्यान गुमाएका कुँवरका परिवारलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतिपछि आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। उनले कुँवरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी पनि छलफलमा भएको जानकारी दिए। कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। अहिले शव परिक्षण गर्ने तयारी भैरहेकाले त्यसपछि मात्रै आफन्तको जिम्मा लगाइने अस्पताल प्रमुख पाण्डेले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रहोवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो। आफन्तले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाइसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन