गृहपृष्ठ ∕ समाचार ∕ सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १४:०८ मा प्रकाशित धनगढी-सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गौरीगंगा नगरपालिका ६ का ४० वर्षीय गगनसिंह कुँवरको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। उपचारका क्रममा बिहीबार बिहान ज्यान गुमाएका कुँवरका परिवारलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतिपछि आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। उनले कुँवरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी पनि छलफलमा भएको जानकारी दिए। कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। अहिले शव परिक्षण गर्ने तयारी भैरहेकाले त्यसपछि मात्रै आफन्तको जिम्मा लगाइने अस्पताल प्रमुख पाण्डेले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रहोवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो। आफन्तले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाइसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन