गृहपृष्ठ ∕ समाचार ∕ सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता सेती अस्पताल बिरामी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि आन्दोलन फिर्ता हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक २१ गते, १४:०८ मा प्रकाशित धनगढी-सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गौरीगंगा नगरपालिका ६ का ४० वर्षीय गगनसिंह कुँवरको परिवारलाई क्षतिपूर्तिका लागि पहल गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। उपचारका क्रममा बिहीबार बिहान ज्यान गुमाएका कुँवरका परिवारलाई क्षतिपूर्तिका लागि सामाजिक विकास मन्त्रालयलाई सिफारिस गर्ने सहमतिपछि आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए। उनले कुँवरको मृत्यु प्रकरणको छानविनका लागि समिति गठन गर्ने, उनका परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी पनि छलफलमा भएको जानकारी दिए। कुँवरको उपचारका क्रममा मृत्यु भएपछि विहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरेका थिए। अहिले शव परिक्षण गर्ने तयारी भैरहेकाले त्यसपछि मात्रै आफन्तको जिम्मा लगाइने अस्पताल प्रमुख पाण्डेले बताए। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधीको रहोवरमा अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल भएको थियो। आफन्तले डाक्टरको लापरवाहीले कुँवरको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाही र लाइसेन्स खारेजीको माग गर्दै प्रर्दशन गरेका थिए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार