२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा

बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा


काठमाडौं—बागमती प्रदेश सरकारबाट स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठसहितका एमाले मन्त्रीहरु बाहिरिएका छन् । सोमबार स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका पाँच जना मन्त्रीले मुख्यमन्त्री शालिकराम जमरकट्टेलसमक्ष रानीनामा बुझाएका हुन् ।

२० चैत्रमा श्रेष्ठ स्वास्थ्यमन्त्री बनेका थिए । ४ महिनामै स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठसहित एमालेबाट सरकारमा सहभागी आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, भूमी तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ र खानेपानी तथा सिचाइमन्त्री एकलाल श्रेष्ठले राजीनामा दिएका छन् ।

एमाले बागमती सरकारबाट बाहिरिएसँगै जमरकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धन निर्माण गर्ने सहमति संघमा बनेसँगै प्रदेश सरकारमा पनि त्यसले हलचल ल्याएको छ । यसअघि एमाले मन्त्रीहरुले सुदूरपश्चिम सरकारबाट पनि राजीनामा दिइसकेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ