२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना


धनगढी— सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी झनकराज ढुंगानाले पाएका छन् । सामाजिक बिकास मन्त्रालयले वरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानालाई सो जिम्मेवारी दिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अछामका प्रमुख रहेका ढुंगाना काजमा स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको मंगलबारबाटै जिम्मेवारी सम्हालिसकेका छन् ।

आपूर्ति ब्यवस्थापन केन्द्रमा यसअघि सेती प्रादेशिक अस्पतालका बरिष्ठ रेडियोलोजिष्ट डा. निरज अर्याल निमित्त प्रमुखमा थिए । डा. अर्याललाई ७ कार्तिकबाट मुख्यमन्त्री कार्यालयले दोहोरो जिम्मेवारी हटाएका थियो ।

त्यसपछि रिक्त रहेको आपूर्ति व्यवस्थापन केन्द्रमा निमित्त प्रमुखमा ढुंगानालाई लगिएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ