२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न

मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न


काभ्रे—काभ्रेको मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । आइतबार राति ३८ हप्ताकी गर्भवती महिलाको पानी गइरहेको र फेटल डिस्ट्रेस (बच्चाको मुटुको गति अत्याधिक बढी भएको र बच्चा नचलेका) कारण सिजेरियन शल्यक्रिया सफलतापूर्वक गरिएको अस्पतालले जनाएको छ ।

सिजेरियन सेक्सन शल्यक्रिया डा. त्रिभुवनचन्द्र झा र डा. सन्तोष सापकोटाले गरेका थिए । लामो समयपछि वरिष्ठ कन्सल्ट्यान्ट मेडिकल जेनरलिस्ट एमडिजीपी डा. झाको पहलमा मेथिनकोट अस्पतालमा सिजेरियन सेक्सन अप्रेसन सुरु गरिएको हो ।

उक्त शल्यक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न ओ.टी. नर्स इन्दिरा थापा, मथुरा सत्याल, पिङ्गल श्रेष्ठ र एनेस्थेसिया एसिस्टेन्ट कुशल अधिकारीले महत्वपूर्ण भूमिका निभाएका थिए ।

आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको डा. झाले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ