२०८३ असोज ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग

बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग


चरिकोट—दोलखा चरिकोटमा सञ्चालित बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न थालेका छन् । बैंकहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत चरिकोटमा रहेको रक्त सञ्चार सेवालाई स्वास्थ्य उपकरण वितरण गरिएको छ ।

चरिकोटमा सञ्चालित लक्ष्मी सनराइज बैंकले रक्त सञ्चार केन्द्र चरिकोटलाई ब्लड मनिटरिङ र ट्युव सिलर मेसिन सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दाहालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले चरिकोटमा रगत संकलनको लागि रक्त रञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।

स्वयंसेवी रक्तदाताहरुबाट रक्तदान गरेका रगतलाई सुरक्षित गर्नको लागि यस मेसिनको आवश्यकता पर्दछ । रेडक्रसको मागलाई लक्ष्मी सनराइज बैंकले सहयोग गरेको सभापति दाहालले बताए । उक्त मेसिन बजारमा खरिद गर्दा दुई लाख ४० हजार रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।

त्यस्तै चरिकोटमा सञ्चालित नविल बैंकले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई मेसिन सहयोग गरेको सभापति दाहालले बताए । नविल बैंकले वाटर बाथ (रगत अर्को बिरामीलाई दिन मिल्ने नमिल्ने जाँच गर्ने) मेसिन सहयोग गरेका छन् । उक्त मेसिनले रगत क्रस म्याचको काम गर्दछ । उक्त मेसिन बजारमा खरिद गर्दा २५ हजारभन्दा बढी मूल्य पर्ने र बैंकले आफ्नो सामाजिक दायित्व पूरा गरेको नविल बैंक चरिकोट शाखाका प्रमुख रविन्द्र केसीले बताए ।

दोलखामा नेपाल रेक्रडस सोसाइटीको पहलमा विभिन्न संघसंस्थाहरुले मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संकलित रगत पहिलो प्राथमिकता जिल्लावासीलाई र थप रगत मागको आधारमा अन्य स्थानमा पनि दिदैँ आएको सभापति दाहालले बताए । स्वयंसेवी रुपमा रक्तदान गरेका रगतलाई सुरक्षित र व्यवस्थित गर्नको लागि हाल प्राप्त उपकरण मेशिन महत्वपूर्ण रहेको बताएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ