२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त

बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त


काठमाडौं—सुदूरपश्चिमको बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भएका छन् । २ मंसिरमा बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को बैठकले डा. पाठकलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि न्याय हेल्थको व्यवस्थापनमा अस्पताल रहँदासमेत डा. पाठकले नै बयालपाटा अस्पतालको नेतृत्व गरेका थिए । बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ को दफा ४ को उपदफा (३) बमोजिमको अवधिका लागि उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

बयालपाटा अस्पतालको कार्यकारी निर्देशकको पदावधि तीन वर्षको छ । अस्पतालको कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवा सुविधा भने प्रदेश सरकारको ११ औं तहको कर्मचारीसरह हुने उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ