२०८२ मंसीर ४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त

बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त


काठमाडौं—सुदूरपश्चिमको बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भएका छन् । २ मंसिरमा बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को बैठकले डा. पाठकलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि न्याय हेल्थको व्यवस्थापनमा अस्पताल रहँदासमेत डा. पाठकले नै बयालपाटा अस्पतालको नेतृत्व गरेका थिए । बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश, २०८२ को दफा ४ को उपदफा (३) बमोजिमको अवधिका लागि उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

बयालपाटा अस्पतालको कार्यकारी निर्देशकको पदावधि तीन वर्षको छ । अस्पतालको कार्यकारी निर्देशकको पारिश्रमिक तथा सेवा सुविधा भने प्रदेश सरकारको ११ औं तहको कर्मचारीसरह हुने उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ