२०८३ वैशाख ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशयुसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार

युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ पछिल्ला ७ वर्षको कारोबार

युसीएमएसको लर्ड बुद्ध एजुकेशन एकेडेमी लिमिटेडमा ३८ प्रतिशत स्वामित्व


काठमाडौं—भैरहवास्थित युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्राइभेट लिमिटेड (युसीएमएस)ले एकै वर्षमा एक अर्ब ६० करोड रुपैयाँ बढीको कारोबार गरेको छ । युसीएमएसले सन् २०२५ मा १ अर्ब ६३ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।

सन् २०२४ मा युसीएमएसको कारोबार १ अर्ब ५५ करोड ३० लाख रुपैयाँ थियो । सन् २०२३ मा १ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कारोबार गरेको कम्पनीको फाइनान्सियल तथ्यांकले देखाउँछ । युसीएमएसले सन् २०२२ मा १ अर्ब ३९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ३० करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३० करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९९८ मा भैरहवामा स्थापना भएको युनिभर्सल मेडिकल कलेजले एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बी फर्मालगायतका चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तरका शैक्षिक कार्यक्रमहरु अध्यापन गराउँदैं आएको छ ।

उसले भैरहवामै ५०० शैय्याको शिक्षण अस्पतालसमेत संचालन गरिरहेको छ । युसीएमएसले सन् २०२४ मा लर्ड बुद्ध एजुकेशन एकेडेमी लिमिटेड (एलबीईए)को ३८ प्रतिशत स्वामित्व लिएको थियो ।

एभरेष्ट कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.को ६० प्रतिशत शेयर रहेको युसीएमएसको अध्यक्षमा रमेश शर्मा छन् । ३५ हजार ६ सय स्क्वायर फिटमा फैलिएको मेडिकल कलेजले विभिन्न ६ सेगमेन्टमा सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ