२०८३ जेठ २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ

बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शेल कम्पनी स्थापना गरी बैंकबाट लिएको ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ।

सीआईबीका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बुधबार पाण्डेलाई धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी मेडिकल कलेजबाट पक्राउ गरिएको हो।

पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष हुन्। जानकी मेडिकल कलेज राम जानकी हेल्थ फाउन्डेसनद्वारा सञ्चालन हुँदै आएको छ।

सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि नामक कम्पनी स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा स्थिर सम्पत्तिको अस्वाभाविक रूपमा उच्च मूल्याङ्कन गराई प्रभु बैंकबाट ऋण लिएको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा उक्त कम्पनीले प्रभु बैंक लिमिटेडबाट लिएको ऋण तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गरेको तथा पटक–पटक ऋणको दुरुपयोग गरी बैंकिङ कसुर गरेको प्रारम्भिक तथ्य फेला परेको सीआईबीले जनाएको छ।

ब्युरोका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न रहेको आशंकामा पाण्डेविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

सीआईबीले पाण्डे  इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालिका एकल सञ्चालक रहेको जनाएको छ। उनीविरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएको थियो।

ब्युरोका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ