काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त भएकी छन् । मंगलबार नवनियुक्त अध्यक्ष डा. बस्नेतले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को प्राध्यापक डा. बस्नेत वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनी महाराजगंज मेडिकल क्याम्पसको बाल रोग विभागकी प्रमुख समेत हुन् ।
यस्तै, उपाध्यक्षमा प्रा. डा. नारायणबहादुर मल्होत्रा नियुक्त भएका छन् । उनी पनि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)कै क्लिनिकल फिजियोलोजीका प्राध्यापक हुन् ।
नेपाल स्वास्थ्य डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई, डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर र डा. रबा थापा नियुक्त भएका छन् । मंगलबार नै नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।