२०८३ भदौ २, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त


काठमाडौं—सरकारले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेललाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नवनियुक्त अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

लामो समयदेखि जनस्वास्थ्यको वकालत गर्दै आएका पौडेल जनस्वास्थ्य विज्ञ हुन् । पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपाल, अन्तर्राष्ट्रिय रेडक्रस, क्यानेडियन रेडक्रसलगायतका राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्त सम्बन्धी विषयमा माष्टर्स गरेका पौडेलले इन्डोनेसियाबाट पनि जनस्वास्थ्यमा माष्टर्स गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ